काठमाडौं – काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।

सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया