रसुवा – रसुवा आमाछोडिङमो गाउँपालिका थम्पुचेत बजारमा,स्याफ्रुबेशी युवा संघ नेपालको आयोजनामा सर्वोच्च अदालतको असंवैधानिक निर्णय र प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरोधमा मसाल जुलुस आयोजना गरेका छन् ।
कार्यक्रममा युवाहरूले असंवैधानिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले बहुदलीय व्यवस्थालाई अन्त्य गरि निर्दलीय व्यवस्था बिउत्याउन खोजेकोमा बिरोध जनाए।
उक्त कार्यक्रममा नेकपा (एमाले) आमाछोडिङमो गाउँपालिका सचीव ल्हाक्प गोम्भो तामाङ ,जिल्ला युवा सँग कमिटी उपाध्यक्ष धन बहादुर तामाङ, जनप्रतिनिधि नवीन तामाङ र युवा संघ केन्द्र सदस्य रोसन तामाङको पनि सहभागिता थियो ।