काठमाडौं – ‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २०२४’ को सर्बोकृस्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बाले प्राप्त गरेका छन् ।


त्यस्तै लोजिमा चलचित्र बाटै सर्बोकृस्ट नायिकाको अवार्ड बिमला लिम्बुले प्राप्त गरिन् । पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड समारोहमा आदिबासी गीत संगीतमा १४ विधा र आदिबासी चलचित्रमा ९ विधा गरेर २३ विधामा अवार्ड प्रदान गरियो ।

सर्बोकृस्ट निर्देशकको अवार्ड र सर्बोकृस्ट नायिकाको अवार्डले लोजिमा टिमको मिहेनेत लगनशीलता र प्रतिभाको कदर भएको साथै यो अत्यन्तै सुखद पलमा लोजिमाको निर्माता सम्पूण् कलाकारहरु प्राबिधिक पनि यो अवार्ड को हकदार हुनुहुन्छ भन्दै निर्देशक सागर सुब्बाले बताए ।

१२ औ नेपाल अफ्रिका अन्तरास्ट्रीय फिल्म फेस्टिभल ( NAFF ) र अप्सना म्युजिक एण्ड फिल्मसमा सर्बोकृस्ट अवार्ड बाट चलचित्र लोजिमा सम्मानित् भइसकेकोछ ।

जीवन्त प्रेमकथा र लिम्बू भाषा(संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसा योग्य छ । सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो ।

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ । चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ ।

 

तपाईको प्रतिक्रिया