काठमाडौं – राष्ट्यि खेलकुद महासंघका बरिष्ठ उपाध्यक्ष एवं एमाले युवा नेता पर्शुराम बस्नेतले सर्वोच्च अदालतबाट सफाइ पाउनुभएको छ ।

न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा बस्नेतलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको हो।

वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो ।

तपाईको प्रतिक्रिया