काठमाडौं – आमा बुवा विहीनहरुका लागि आमाको भुमीका निवार्ह गर्दै आएकी समाजसेवी जुनु पुन मगरले एकिकृत वालगृह संचालन गर्दै आएकी छन् । जुनु पुन मगर खुला अनि सफा ह्रदयका कारण समाजसेवाको क्षेत्रमा पनि अग्रणी भुमीकामा उनको नाम आउने गर्छ ।
नेपाल भलिबल संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पदक विजेता महिला टोलीका कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोलीका दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन्। उनीहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
सोही अवसरमा टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
उक्त पाएको पुरस्कार रकम १९औं एसियाडको तयारीमा रहेका खेलाडी, क्यान्सर पीडित र अनाथ बालबालिकाको लागि खर्च गर्ने घोषणा गरेकी छन् ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ सहरमा हुने १९औं एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोलीे पनि सहभागी हुनेछन् । सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ ।