काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् ।
सभापति देउवाले अस्पतालरुहमा बालबालिकाका लागि विशेष वार्ड र आइसीयुको प्रबन्ध बेलैमा गर्नसमेत सरकारसंग माग गरेका छन् ।