संखुवासभा – संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध भएको १५ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको भोटखोला गाउँपालिकाका वडासचिव दावा लामाले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको वडा नं २ च्याम्ताङ आङजुङ भोटेले गुनासो गरे । दूरसञ्चार कार्यालयका सूचना अधिकारी मोक्तानका अनुसार उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले टावरमा समस्या आउने गरेको छ ।

मकालु गाउँपालिकाको भाटभोटेनीमा रहेको टावरमा समेत समस्या देखिएका कारण माक्पालुङको टावरमा लिंक पठाउन नसक्दा समस्या आएको र मर्मतका लागि चाँडै प्राविधिक टोली त्यस क्षेत्रमा पठाइने सूचना अधिकारी मोक्तानले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौं गाउँका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका

तपाईको प्रतिक्रिया