काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिति २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाईदा पुग्ने गरी अत्याधिक मात्रामा शुल्क वृद्धि गरेकोमा गम्भिर ध्यानार्कषण भएको जनाएको हो ।
आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थालाई अविलम्ब कारवाहीसहित बढी लिएको रकम सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न पनि अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।