काठमाडौं – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटो मध्यपुर युथ एसोसिएशनसँग २–१ गोलअन्तरले पराजित भएको हो । सातदोबाटो पहिलोपटक प्रतियोगितामा पराजित भएको हो । मध्यपुरका लागि कैलाश लामिछाने र सन्नी लामाले एक÷एक गोल गर्नुभयो ।

यस्तै सातदोबाटोका लागि सान्त्वना गोल माल्डिना आङथुपुले गर्नुभयो । खेलको २९औँ मिनेटमा मध्यपुरका कैलाश लामिछानेले पहिलो गोल गर्नुभएको हो । खेलको ५०औँ मिनेटमा मध्यपुरका माल्डिना आङथुपुले गोल फर्काउनुभयो । खेलको ५८औँ मिनेटमा मध्यपुरका सन्नी लामाले दोस्रो गोल गर्नुभयो । जीतसँगै मध्यपुरले १० खेलबाट १३ अङ्क जोडेको छ । मध्यपुर लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै सातदोबाटो पराजित भएर पनि १० खेलमा २५ अङ्क जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । सातदोबाटो ‘ए’ डिभिजनमा बढुवा भइसकेको छ ।

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट

नेपाल पाकिस्तान फ्रेन्डशिप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा बल पार्क क्रिकेट एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमी विजयी भएका छन् । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको मैदानमा भएको पहिलो खेलमा बल पार्कले काठमाडौँ क्रिकेट प्रशिक्षण केन्द्रलाई चार विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५६ रन बनायो । काठमाडौँका लागि सचिन लेखकले अविजित रहँदै अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ८१ रन बनाउनुभयो ।

यस्तै विशाल श्रेष्ठले २७ रनको योगदान दिनुभयो । बल पार्कका विशाल मण्डल र शशाङ्क अग्रवालले दुई÷दुई विकेट लिनुभयो । काठमाडौँले दिएको १५७ रनको विजय लक्ष्य बल पार्कले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । बल पार्कको जीतमा कप्तान तथा ‘म्यान अफ दी म्याच’ प्रशन्न शाक्यले ८५ रनको योगदान दिनुभयो ।
निर्भिक पाठकले १७ तथा मेहुल श्रेष्ठले १७ रन बनाउनुभयो । काठमाडौँका लागि निराजन डुम्रेले तीन विकेट लिनुभयो ।

अर्को खेलमा बासुलिङले स्कूल अफ क्रिकेटलाई पाँच विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको स्कूल अफ क्रिकेटले आठ विकेट गुमाउँदै १६४ रन बनायो । उसका लागि सर्वोच्च बस्नेतले ३२ तथा रोशन पुलामीले २४ रन बनाउनुभयो । बासुलिङका लागि राजेश यादव, डब्लु मलिक र प्रकाश शाहीले दुई÷दुई विकेट लिनुभयो ।

स्कूल अफ क्रिकेटले दिएको १६७ रनको विजय लक्ष्य बासुलिङले एक बल बाँकी छँदै पूरा ग¥यो । बासुलिङका लागि डब्लु मलिकले अविजित ५९ तथा साहिल पटेलले ३० रन बनाउनुभयो । बासुलिङका लागि जनक हुमागार्इंले दुई विकेट लिनुभयो । पाकिस्तानी दूतावासले आयोजना गरेको छैटौँ संस्करणको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको दूतावासले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया