काठमाडौं  मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज (सोमबार) बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको उनका दाजु तीर्थ दनुवारले जानकारी दिए ।

उनका श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष समेत हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया