काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’

बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् ।

राज्यविरुद्धको कसुर अर्थात् ‘राज्यद्रोह’ को आरोपमा पक्राउ परेकी झाँक्रीलाई जनस्तरमै चौतर्फी दवाव भएपछि प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो।

तपाईको प्रतिक्रिया