रुपन्देही – राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ५२८ मतभारले पछि पार्दै विजयी भएका हुन् ।

पाण्डेले चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे ।

खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको थियो भने पाण्डेयलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

तपाईको प्रतिक्रिया