काठमाडौं – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्ययन तथा अन्य कामको शिलशिलामा युक्रेन पुगेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकार समक्ष माग गरेको छ ।
अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘युद्ध जस्तो गम्भीर संकटमा रहेको युक्रेनबाट विश्वका विभिन्न देशहरुले आफ्ना नागरिक फिर्ता लगिरहेको सन्दर्भमा नेपाली विद्यार्थी र विभिन्न प्रयोजनका लागि गएका करिब ८०० नागरिकलाई सुरक्षित ल्याउनु सरकारको दायित्व हो ।