काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।