काठमाडौं – ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन काठमाडौमा सम्पन्न भएको छ। काठमाडौ उपत्यकाका सहभागीका लागि अनामनगर स्थित सिलौटो कटेजमा अडिसन सम्पन्न भएको हो। अडिसनबाट जम्मा १३ जना छनोट भएका छन् ।

काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ– पाँचथर, साम्माङ थाम्सुहाङ– पाँचथर, एलिना तुम्बापो–बिर्तामोड झापा, ममता आङ्बो–पाँचथर, गंगा सेम्बु लिम्बू– ताप्लेजुङ, निरुता लिम्बू– तेह्रथुम, अस्मिता मादेन– ताप्लेजुङ, जमुना सेम्बु लिम्बू– ताप्लेजुङ र सुस्मा इम्सोङ लिम्बू– तेह्रथुम छनोट भएका छन् ।

त्यस्तै, डिजिटल अडिसनमार्फत मुन नाल्बो– सिक्किम, कल्पना लिङ्खिम– ताप्लेजुङ, याङ्चुली खापुङ– तेह्रथुम र सुम्निमा खापुङ– तेह्रथुम छनोट भएका छन् ।

अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ निर्णायक रहेका थिए ।

यसअघि धरान अडिसनबाट १४ जना छनोट भइसकेका छन् । धरान र काठमाडौं अडिसन गरी ‘सम्मान मिस लिम्बू–२०७९’मा २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत ११ गते हुने भएको छ।

तपाईको प्रतिक्रिया