काठमाडौं – एभरेष्ट फेसन होमले आयोजना गर्दै आएको मिस तामाङ २०२१ को आवेदन खुलेको छ । यो मिस तामाङ १३ औँ संस्करण हो ।

बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तर गर्दे आएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले बताइन् ।

टाइटल विनरलाई एक लाख नगत, सिल्भर क्राउन र गिफ्टहरु प्रदान गरिनेछ,अध्यक्ष लामाले भनिन्,फस्ट रनरअपलाई पचासहजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनर अपलाई ३० हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ। प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ ।

माघ ९ गते भित्र आवेदन दिइसक्नुपर्ने र १४ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले फागुन १५ गते होटल र्‍याडिसनमा सम्पन्न हुनेछ । आवेदनका लागि एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सकिनेछ । 01-4265166

भिडियो…

तपाईको प्रतिक्रिया