टिकाराम आले मगर
गोरखा – मामा इन्द्र र भान्जा स्वर्ग लोकमा थिए । मामाले (मुमै)भानिजलाइ (भान्जा) नरमा जाउ भने? भानिजले आफु ग्यानहिन भएको हुँदा कसरी जाने नरमा रु भन्दाखेरी मामाले भानिजलाई बाह्र बिधा र सोह्र ठेलिया (मन्त्र) दिए ।मुमैले भानिजलाई शिरमा लगाउने बेघुती,आङ्मा लाउने बाघको छाला ,कुममा झोली तुम्बा,लौरो र चिम्टा दिए ।यति भएपछि भानिज आफसे आफ बाह्र बिधा र सोह्र मोहनी जान्ने भयो र भान्जा नरलोकतिर लाग्यो ।
दिनभरि यात्रा गरेर बेलुका योगीरुपी इन्द्रका भानिज झकमै रानीको दरबारमा घुम जोगी ( घुम जोगी भन्दै बास माग्न पुग्यो । दरबारमा नन्द – भाउजू मात्रै भएकाले झकमै रानीले जोगीलाई बास दिइनन् । बास नपाएको झोकले ति नन्द – भाउजूहरूलाई मोहनी लगाएर दुःख दिने बिचार गय्रो ।उसले दरबारको छेउमा मोहनी जड्याको हिराको माला छाडेर जान्छ ।जोगीले जाँदा यात्रामा पर्ने दोबाटाहरूमा मोहनी गरेका हिराका माला छोडदै जान्छ । बिहान छारो लगाउँदा नन्द – भाउजूले सो माला भेट्छन र दुबैलाई मोहनी लाग्दछ । त्यसको प्रभावले झकमै रानी र उनकी नन्दलाई त्यस जोगीलाई कहाँ भेटौँ कुत्कुती लाग्न थाल्छ । उनीहरू जादाँमा – जादाँ नदीको किनारमा पुग्दछन ।
फर्कीमा आउ अल्लारे गोसै पिरती लागेला मोहनी ।
सुन्तलाको गाँजैमुनी मडिया बनाइदिउला ।।
नन्द भाउजूले जोगीलाई फर्केर आउन अनुरोध गर्दछन ।
सुन्तलाको डाली फूलैको लया धुया मुया पो लागेला ।
नइ बैठेला जाऊ आफ्नै गृहमा ,
हिजो बास माग्दा नानाभादी कुरा गर्ने अहिले जाम भन्ने ? म जान्न भनी अस्वीकार गर्छन । नन्द र झकमै रानी आफ्नो गृहमा फर्कन्छन ।
केही बर्ष पछि घुम जोगी घुम जोगी डम्मरु बजाइ घुम जोगी भन्दै एउटा जोगी भिक्षा माग्न आउँछ । झकमै रानी नौ तला माथी सुतेकी हुन्छिन् । अरुले भिक्षा दिन्छन् जोगीले भिक्षा अस्वीकार गर्दछ ।जोगी सुनको बाँसुरी र सुनको डमरु बजाउँदै दरबार वरिपरि घुमिरहन्छ । रानीलाई यो अनौठो जोगीको बिषयमा कुरा पुगेपछि रानीले नौतला माथिबाटै झ्याल खोलेर तल हेर्छिन । जोगी र रानीको नजर जुध्छ । रानी बिछौनामा मुर्छा पर्छिन भने जोगी पटाङ्गीमा मुर्छा पर्दछ । रानी त जोगीकै मोहनीबाट मोहित हुन्छिन । रानी पनि ब्यझन्छिन र जोगीलाई पनि ब्यूँझाउछन् । जोगी दरबार छाडेर बाटो लाग्छ र झकमै रानी पनि जोगीको पछि लाग्छिन् दुबै इन्द्र मामाको दरबारमा पुग्छन् ।
त्यहाँ बिवाहको तयारी गरिन्छ । जगिया बनाइन्छ तोरण टागिन्छ । भान्जाले यति ठूलो दुस्ख कष्ट गरी ल्याएकी झकमै रानीसँग मामा इन्द्र विवाह गर्न तयार हुन्छन् ।
आकाशै हेरौँ काली बादल नई हो रे हो ।
हा हा है कहाँबाट झरियो पानीको बुँद हो रे हो ।।
पापी नरीलोकमा हेरी – हेरी लेउँदा खेरी हो रे हो ।।।
आफ्नै भानिजको आँखाबाट आँशु चुहेको ।।।।
यसबाट भान्जाको मन दुख्छ र आँखाबाट आँशु झर्दछ ।भान्जाको आँशुको थोपा मामाको टाउकोमा झर्दछ । त्यो थाहा भएपछि मामा इन्द्रले झकमै रानी भान्जालाई सुम्पिन्छन् ।