काठमाडौं – अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन ।
कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ ।