काठमाडौं – सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई पराजित गर्दै डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
बिहीबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउँदै देवकोटा विजयी हुनुभएको हो । देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार पाउनुभयो ।
देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।