मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेशसभाको आज (आइतबार) बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भए लगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । माओवादी पार्टीको संसदीय दलले पनि उनलाई राजीनामा दिन सुझाएको थियो ।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतको लागि ५६ सांसदको मत अनावश्यक पर्छ । तर ३७ सिटको कांग्रेस र २७ सिटको एमालेले नयाँ समीकरण बनाउँदै छन् । यसैले विश्वासको मत लिने प्रक्रियामा अघि नबढी जम्मकट्टेले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया