काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु विद्यालय नजिकै एक घरको आँगनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको छ । शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

आज बिहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । त्यसमा विष्फोटक पदार्थ भने नरहेको प्रहरीले जनाएको छ । तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित हुँदै प्रहरीलाई खबर गरेका थिए ।

उक्त वस्तु बुधबार दिउँसो दुई जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेजमा देखिएको छ । ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया