रसुवा – रसुवा गोसाईकुण्ड गाउँपालिका स्याफ्रुबेशी बजारमा, आज स्याफ्रुबेशी युवा संघ नेपालको आयोजनामा सर्वोच्च अदालतको असंवैधानिक निर्णय र प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरोधमा मसाल जुलुस आयोजना गरेका छन् ।

कार्यक्रममा युवाहरूले असंवैधानिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले बहुदलीय व्यवस्थालाई अन्त्य गरि निर्दलीय व्यवस्था बिउत्याउन खोजेको भनी घोर विरोध गेरका थिए ।

युवाहरूको कार्यक्रमलाई साथ दिनको लागि नेकपा (एमाले) जिल्ला अध्यक्ष कर्न्याल लामा र गोसाईकुण्ड गाउपालिका गाउकमिटी अध्यक्ष दावा मिङमार तमाङ र वडा अध्यक्ष सिंगी दिण्डुब तमाङको सहभागी रहेको थियो ।

आज सडकमा घन्कीएका नाराहरु :

१. निर्दलियता जान्दैनौ ।
असंवैधानिक फैसला मान्दैनौ ।।
२. गैह्र न्यायीक फैसला मुर्दावाद ।
मुर्दावाद ।। मुर्दावाद ।।।
३. अदालतको राजनैतिक हस्तक्षेप मुर्दावाद ।
मुर्दावाद ।। मुर्दावाद ।।।
४. अदालत भित्रका विदेशी मतियार होशियार ।
होशियार ।। होशियार ।।।
५. प्रचण्ड(शेरेको हतियार ।
चोलेन्द्र निर्दलीयताको मतियार ।।
६. शेरेलाई बुझ्न काफी छ ।
असोज(१८,माघ(१९ साक्षी छ ।।
७. निर्दलियता मुर्दावाद ।
मुर्दावाद ।। मुर्दावाद ।।।
८. गठबन्धनमा विचित्र ।
मुखुण्डो खोल्दा विदेशीका मित्र ।।
९. नेपाली युवाको एउटै स्वर ।।
संवैधानिक ईजलासमा चोरै(चोर ।।
१०. विदेशी प्रतिक्रियावादीका मतियार ।
दलाल गठबन्धन होशियार ।।

तपाईको प्रतिक्रिया