काठमाडौं – पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग पुगेका हुन् ।

अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका छन् । बुधबार पूर्व माओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए । ‘अस्ती वकिल र दोस्रो तहका नेताहरु जानु भयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं’, एक नेताले भने । नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । 

तपाईको प्रतिक्रिया