काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलको नेतृत्वमा नयाँ पार्टी घोषणा गरेका छन्।
विगत दुई वर्षदेखि सुशासन अभियान चलाइरहेका पूर्व डिआइजी खरेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआइजी खरेलले ‘नेपाल सुशासन पार्टी ’घोषणा गरेका हुन्।
पूर्वडिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए।
उनले अगाडि भने, ‘मैले साथीहरूलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। राजनीतिमा लागेकाहरू पेशाकर्मी भए, मेवा खाए, नागरिकहरूलाई केही वास्ता गरेनन्। हामी तपाईंहरूलाई कहिल्यै पनि धोका दिँदैनौं।’