फुर्पु सिंगी तामाङ्ग,

रसुवाको तामाङ हेरिटेज पर्यटन मार्ग तथा आमाछोडिङमो गाउँपालिका गतलाङ–३ मा ३९०० मीटरको उचाईमा रहेको ज्यार्सा तेन्जो डाँडा पर्यटकिय सम्पदाको दृष्टिकोणले अति नै सम्भावना बोकेको स्थानको रुपमा भएता पनि प्रचार प्रसारको कमिको कारण ओझेलमा परिरहेको छ । प्राकृतिक एबम् मनोरम दृश्यले भरिपूर्ण रहेको ज्यार्सा तेन्जो डाँडालाई प्रचारप्रसार तथा व्यबस्थापन गरेर बिश्व पर्यटन बजारसम्म चिनाउने उद्देश्यले गत्लाङमा परम्परागत रुपमा चल्दै अएको थोह् (उमेर समुह) हरुले बर्षेनी कुनै न कुनै सामाजिक कार्यहरु गर्दै आउने क्रममा बिगत केही समय अगाडि त्यसको सम्भावना अध्यायन गर्ने काम सकेर त्यस क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्नका लागि प्राकृतिक भ्यु पाईन्टको निर्माण गरेर रसुवा जिल्लामै नयाँ पर्यटकिय सम्पदाको बिकास तथा मिनी पर्यटन आकर्षणको रुपमा बिकास गर्ने हेतुले यस बर्षमा एउटा छुर्तेन निर्माण गर्ने कार्य सम्पन्न भएको छ भने त्यसको वरिपरि गार्‍हो तथा वाल लाउने र जमिन सम्म्याउने कार्य पनि सम्पन्न भएको छ ।


यस स्थान तथा ज्यार्सा तेन्जो प्राकृतिक भ्यु पाईन्टसम्म सहजरुपले जानका लागि भनेर हाम्रो थोह् (उमेर समूह) को भन्दा एक व्याच मुनिको भाईहरुले लागभाग १ किलोमिटर भन्दा बढी सडक बाटोको ट्रेक जोडने काम समेत भएको छ । यो सबै कार्यको लागि आ आफ्नो थोह् (उमेर समूह) हरु कै नेतृत्वमा सम्पन्न गरिएको हो ।

यो क्षेत्रलाई चार्चित रुपमा प्रचारप्रसार गरेर र राम्रो व्यवस्थापन गरेर भबिष्यमा प्राकृतिक दृश्यहरुको साथमा रमाउने नेपाली तथा बिदेशीहरु लोभ्याउने र कुनै पनि कार्यक्रमहरुको छायांकन गर्ने स्थानको रुपमा बिकास गर्ने योजना रहेको र यस स्थानमा प्राकृतिक मनोरञ्जनको भरपुर आनन्द लिनका लागि यो कार्य सुरु गरेको हो।

यस स्थानबाट गणेश हिमालको हिम श्रृखाल, टिबेटको हिम श्रृखालाहरु , लाङटाङ , गोशाईकुण्ड र काठमाडौ समेतको दृश्य अबलोकन गर्न सकिने भएकोले जति बसे पनि बसौ बसौ लाग्ने र अझ बढी रमाउ रमाउ लाग्ने र सबै क्षेत्रको फोटो क्यामरामा कैद गरौ गरौ लाग्ने दृश्य रहेको छ।

अझ यसमा राज्यको पनि नजर लागेर केही पर्यटन प्रबर्द्धन सम्बन्धि बजेट बिनियोजित गरिदियो भने यस स्थानबाट धेरै थोरै राज्यलाई पनि आम्दानी हुनका साथै केही ब्यक्तिहरुलाई रोजगारको सिर्जना समेत हुनेछ । साथै यस स्थान स्वाईजारलेण्डको कुनै एउटा क्षेत्र भन्दा कम छैन।
यस स्थानले कुनै एक ठाउँलाई मात्र सीमित नभई रसुवा जिल्लालाई नै पर्यटकीय गन्तव्य को रूपमा चिनाउने सफल हुने देखिन्छ।

जति पनि अहिले यसको व्यबस्थापन तथा निर्माण सम्बन्धि कामको लागि आफ्नै थोह् तथा उमेर समुहको स्वा मिहिनेत र लगानीमा , थोह् कै नेतृत्वमा यस कार्यक्रम तथा तामाङ देउसीभैलो कार्यक्रमबाट सँकलन गरिएको रकमबाट अबश्यकिय आधारभुत समस्याहरुलाई समाधान गर्दै आइरहेको छ।

(यस लेखमा सहयोग गर्नुहुने सुजन तामाङप्रति हार्दिक आभार व्यक्त गर्दछु ।)

तपाईको प्रतिक्रिया