काठमाडौं – नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा भारतीय खेलाडी सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।
खेल साँझ ५ः३० बजे सुरु भएको थियो । नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेलेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् ।
नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले सम्हालेका थिए। नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्यालले साथ दिएका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामा रहेका छन् अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानले टोलीको अग्रपङ्ति सम्हालेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६सम्म आयोजना हुनेछ । नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।