काठमाडौं – पहिलो  पटक नेपालबाट महिला रेस्लर अस्मिता जुरेली अमेरिकाको रिङमा रेस्लिङ खेलेका छन् ।

द लभ पिपुल च्यारिटिले आयोजना गरेको खेलमा जुरेली र Love Alive Women Champion Carmen बीच भएको मैत्रीपूर्ण प्रतिस्पर्धामा जुरेली बिजयी भइन् ।

जुरेलीले अमेरिकामा भएको रेस्लिङ खेलमा नेपालको तर्फबाट पहिलोपटक महिला सहभागिता जनाएकी हुन्।

त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट उदाएकी हुन्। एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा उनले अभिनय गरिसकेका छन् ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) सँग उनको भेट भयो तब बाटो बदलियो। अनि, भरतबहादुर विसुराल (हिमालयन टाइगर) सँग रेस्लिङ–कला सिकिन् र, अस्मिताबाट ‘जुरेली’ बनिन्।

तपाईको प्रतिक्रिया