काठमाडौं – स्वर सम्राट नारायणगोपालको सम्झनामाा शुक्रबार ३० औँ स्मृति दिवस मनाइएको छ ।

सांस्कृतिक संस्थानको आयोजनामा उक्त स्मृति दिवस मनाइएको हो । संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थानका कलाकारहरु विपिन घिमिरे, शिला बिष्ट, दिपेन्द्र बज्रचार्य, तिर्थराज पोख्रेलले प्रत्यक्ष वाद्यवादनका साथमा मोहनी लाग्ला है, मत लागि गुरास भएछु, म मरे पनि अदि नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए ।

वाद्यवादनमा मादलमा खर्कबहादुर बुढामगर, हार्मोनियममा नरसिंहलाल श्रेष्ठ, गीतारमा लोकराज राइ, बासुरीमा दुर्गा प्रसाद खतिवडा, किर्बोडमा रोहित सुवेदी, तबलामा नरेश प्रजापति, सितारमा सीतामैया राजचल, अक्टोप्याडमा तेजु श्रेष्ठले साथ दिएका दिए ।

१९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । उनै लोकप्रिय गायक गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन भन्दा बढी नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन् ।

तपाईको प्रतिक्रिया