सुजन तामाङ्ग (लोपेन)
आमाछिदीङमो गाउँपालिकाको विशेष पहलमा रसुवामा निर्माणधिन सङ्जेन् जलविद्युत कम्पनीको ठेकेदार कम्पनी स्यु टुण्डि ले ३२ओटा अक्सिजन सिलिन्डर र चालक सहितको एम्बुलेन्स र नेपाल हाईड्रोले ९ ओटा गरी जम्मा ४२ ओटा सिलिन्डर पालिका प्रमुख बुजुङ तामाङ्ग र वार्ड नं. ५ को अध्यक्ष टाशी छेवाङ तामाङ्गको मातहतमा पालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङ्गलाई हस्तान्तरण गरिएको छ।


यस महामारीले अस्तव्यस्त भएको बेला हामी पनि यसै रसुवा जिल्लामा काम गर्दै आइरहेको र अघिपछि पनि धेरै थोरै सहयोग गर्दै आइरहेकोले यस महामारीको बेला मानवीय हिसाबले केही राहत पुगोस् भनी ३२ ओटा सिलिन्डर र चालक सहितको एम्बुलेन्स उपलब्ध गरेको स्यु टुण्डि का सहायक इन्चार्ज उद्धव राज बरालले बताउनु भयो।
कोरोनका महामारीमा अक्सिजन सिलिन्डर समेत नपाएको र अक्सिजनको अभावले ज्यान गमाएको धेरै रहेकोले यस महामारीको समयमा सिलिन्डर र एम्बुलेन्स उपलब्ध गराइएको मा स्यु टुण्डि र नेपाल हाइड्रो कम्पनीलाई पालिका प्रमुख बुजुङ तामाङले धन्यवाद व्यक्त गरेको छ ।
यस बिपतको बेला यसरी सहयोग गरिदिनु हुने कम्पनिलाई धन्यवादका साथै सबै बुद्धिजीवी, राजनीतिज्ञ, युवा वर्गहरुलाई पनि यो कोभीड–१९ विरुद्ध सम्बन्धी आ–आफ्नो स्थानबाट जनचेतना फैलाउन सहयोग गरी दिनु हुन भनी आफ्ना धारणा राखेको थियो ।

तपाईको प्रतिक्रिया