काठमाडौं – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।

बिबिसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार रहेका थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्रिशमन विभागका अनुसार मृतक संख्याबारे एकीन गर्ने काम भइरहेको छ ।

विभागले अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । विभागका अनुसार बाच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको विविसी हिन्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया