सुजन तामाङ्ग (लोपेन)
रसुवा – रसुवा को गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १,२ थुमन र टिमुरेको सिमानामा निर्माण कार्य भईरहेको अवस्थामा अदृश्य माफिया हरूको चलखेल र स्थानिय हरू उठिबास हुने अवस्था आएकोले वेलैमा सचेत हुन पर्ने भएको ले विहिवार थुमनका स्थानिय सरोकारवाला हरूले स्थानीय प्रशासनलाई ज्ञापनपत्र वुझाएका हुन ।
उक्त ज्ञापनपत्र बुझाउदै सरोकारवाला हरूले थुमन,टिमुरे,बृद्विम,चिलिमे,स्याफ्रु सिमानामा बग्ने भोटेकोसिमा पनि नहोला भन्न सकिन्न र स्थानीय बासिहरू संग छलफल,सल्लाह र सार्वजनिक सुनुवाइ तथा समझदारी नै नगरि टेस्टिङको नाममा निर्माण कार्यहरू सुरू गरिएको र थुमन गाउँ को पहरा फोरेर जलविद्युत वनाउदै गर्दा परियोजनाको अौचित्य केहो र समुदायलाई फाइदा के फाईदा पुग्छ भन्ने विषय लाई लिएर ज्ञापन पत्र वुझाएका हुन्।
स्थानीय समुदाय र आयोजना बिच छलफल र समझदारी नभए सम्मका लागि निर्माण थालनि गरिएको कार्य तत्काल बन्द गर्न अनुरोधका साथ पाउनु पर्ने मागहरू समझदारी का साथ सम्वोधन गरियोस् भन्ने विषयमा ज्ञापनपत्रमा रहेको छ ।
अति प्रभावित गाउँहरू तार्सा,मेन्दो गाउँ, देरर्यागाउँ तथा नयाँ वस्ति हाल बलास्टिङका कारण घर टहरा खेति योग्य जमिन हरू पुर्णरूपमा दिनप्रतिदिन छेच्दविच्छेद हुँदै गएको र केही घर धुरिहरूका व्यक्तिहरू अन्यत्र बस्न गईसकेकाले तत्कालै क्षतिको मुल्यांकन गरि क्षतिपूर्ति तथा बिस्थापित बस्तिहरूलाई स्थापित गर्नुपर्ने माग समेत रहेको र हाल त्यस जलविद्युत आयोजनाले सामाजिक उतरदायित्व अन्तरगत यश वडामा केही रकम छुटाएको खबर आएकोमा केही पाटिका व्यक्ति हरूले पाटिगत बाडफाड गरौ भन्दा समर्थन नभएको समेत नेकपा एमाले गोसाईकुण्ड गाउँ पालिका वडा नम्बर १ का थुमनका अध्यक्ष उर्केन छिरिङ तामाङ ले जानकारी दिए । साथै यस ज्ञापनपत्र वुझाउन विभिन्न पार्टीका बुद्धि जिविहरूले समेत समर्थन गरेका छन् ।