काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

छुट्टै अभियान चलाइरहेका शाही राप्रपामा समाहति भएका हुन। उनलाई पार्टी अध्यक्ष लिङ्देनले स्वागत गर्दै पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनित गरे।

योसँगै राप्रपामा प्रवक्ताको संख्या ५ पुगेको छ। राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा छन् ।

तपाईको प्रतिक्रिया