सिन्धुपाल्चोक – सिन्धुपाल्चोक विभिन्न कारणवश स्थगित हुँदै आएको नेपाली काँग्रेसको जिल्ला अधिवेशनहरुमा सिन्धुपाल्चोकको पनि हुन बाँकी छ । यसैमा सर्वसहमतीका आधारमा अधिवेशनको मिति यहि फागुन २७ र २८ लाई तोकिसकेका छन् ।
काँग्रेसको सबै संयन्त्र आन्तरिक पार्टीको चुनावी माहोलमा होमिसकेको जिल्ला पार्टी श्रोतले जनाएका छन् । यस्तैमा १४ औं महाधिवेशनको नारा “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” भने जस्तै तल्लो तहदेखी माथिल्लो तह सम्म नेतृत्वमा युवाहरु धेरै आएका छन् । जसले गर्दा नेपाली काँग्रेस पार्टी युवामय भएकै छ । यिनै नारालाई सार्थकता दिनका लागि पनि सिन्धुपाल्चोक काँग्रेसको नेतृत्वमा युवा, सशक्त नेतृत्वको रुपमा युवा नेता जंग बहादुर लामाले उम्मेदवारी घोषणा गरेको बताउनुहुन्छ ।
उनी जिल्ला सभापतिका प्रवल दावेदारको रुपमा लिएको जिल्लाका जानकार नेता कार्याकर्ता बताउँछन् । साथै उनी सिन्धुपाल्चोकका प्रभावशाली नेता पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत निकट एवं बिश्वास पात्र समेत रहेकाले पनि उनमा जिल्ला भरिका नेताकार्यकर्ताको राम्रो भरोसा अनि आशा पनि रहेको बुझिएको छ । लामा भर्खरै ४३ वर्षको मात्र भएका छन् । यति सानै उमेरमा उनले जिल्ला सभापतिको प्रमुख दावेदार किन भए ? भित्री कुरा निकै रोचक अनि पार्टीको लागि गरेका संघर्षपुर्ण कहानी कयौं छन् । उनले पार्टीमा गरेको योगदान अनि सामाजका लागि गरेका सामाजिक कार्यहरु अनगिन्ती छन् । जसको छोटकरी चर्चा यस्तो छ ।
लामाको राजनीतिक यात्रा
जंग बहादुर लामा काँग्रेस राजनितीको तल्लो तह गाउँ इकाई देखि नै नेतृत्व सम्हालेर आएको युवा नेता हुनुहुन्छ । उहाँले १६ वर्षको कलिलो उमेरमै २०५२ सालमा हगाम गा.वि.स. को इकाई सभापतिको नेतृत्व सम्हाल्दै जिल्ला तामाङ संघको उपाध्यक्ष हुँदै संघीयता अघिको संरचनामा १२ औं महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको नेतृत्वमा निर्वाचित भै काम गरिसकेका छन् ।
उनले पार्टीका विभिन्न पदमा रहि सफलता पुर्वक काम गरिसकेको अनुभव भएकै कारण १४ औं महाधिवेशनका निर्वाचित महाधिवेशन प्रतिनिधि समेत भएकोले जिल्ला अधिवेशनमा सभापतिको लागि आफ्नो उम्मेदवारी रहेको खुलाएका छन् । त्यस्तै लामा १० वर्षे जनयुद्ध ताका कतै विचलित नभै निरन्तर स्थानीय नेताकार्यकर्ताहरुको मनोबलको रुपमा रहेर संगठनका लागि काम गर्नु भएको व्यक्तित्व हुनुहुन्छ । सो ताका उनले तत्कालीन माओवादीबाट कारबाहीका लागि परेका जिल्लाका कयौं कार्यकर्ताहरुलाई सकेको सहयोग गर्दै संरक्षण समेत गरेका थिए ।
किन दावी गरे सभापति पदमा ?
पार्टीका हरेक कार्यक्रम देखि सामाजिक कार्यहरुमा अनवरत रुपमा लाग्दै आएका लामाले अब आउँदै गरेको स्थानीय, प्रदेश र संघीय चुनावमा पहिलो पार्टी बनाउन नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । त्यस्तै अधिवेशनमा गुट, उपगुट हुनु सामान्य कुरा हुने हुनाले अधिवेशन पछि कुनै गुट नहुने उनको भनाइ छ ।
अन्तमा सबै काँग्रेस नै भएर लड्नु पर्ने भएकोले लोकतान्त्रिक पार्टीमा सबैले इच्छा जाहेर गर्न खुल्ला रहेको र आफू टिमको निर्णय भन्दा बाहिरा कुनै पनि हालतमा नजाने समेत स्पष्ट पारीसकेका छन् । लामाले करिब तीन दशक पार्टीमा गरेको योगदान र सक्रियता नै आफ्नो उम्मेदवारीको बलियो आधार रहेको पनि बताउनुभएको छ ।
भुकम्प होस् या बाढी पहिरो होस् , लामा जनताको हरेक दुख, पिडामा सकेको सहयोगको लागि उभिने व्यक्तिको रुपमा सिन्धुमा परिचित छन् । उनी आफ्ना पिता साविक हगाम गा.वि.स. का प्रधानपञ्च हर्कलाल लामाको राजनितिक जिवनबाट प्रभावित भै राजनितीमा होमिएका लामा सिन्धु काँग्रेसजनमा मिलनसार, इमानदार अनि सशक्त युवा नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । उनले उम्मेदवारी संगै केही नाराहरु सार्वजनिक गर्नुभएको छ ।
विधि र पद्धतिका लागि मतदान, नेपाली काँग्रेसलाई नं. १ बनाउने मेरो अभियान, सबै अट्ने सबैलाई समेट्ने काँग्रेस निर्माणका लागि, अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, अनुशासित संगठन निर्माणका लागि, सेवामुखी राजनीति स्थापनाका लागि ।
उनले “युवा नेतृत्व, सशक्त काँग्रेस” को मुल नारालाई अगाडि बढाउन सिन्धुका सम्पुर्ण इकाई सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरुमा आफुलाई मतदान गर्न हार्दिक अपिल एवं अनुरोध गरेका छन् ।