काठमाडौं – चलिआएको मुलधारको नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र ‘थात्थलो’ लकडाउमा सार्वजनिक भएको छ ।

दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सज्जन श्रेष्ठ, सञ्जय निङ्लेकु, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू, निङ्वा पन्धाक आदिको मूख्य भूमिका रहेकोछ ।

अभिनेता तथा निर्माता किशोर कुमार लिम्बूले भने ‘लकडाउनले निस्सासिएका नेपाली जनमानसमा केहि मनोरञ्जन र सन्देश पनि दिन पाईन्छ भनेर सार्वजनिक गरिएको हो । भने जस्तो सबैतिर ब्यापक चलाउन नसके पनि नेपाल, हङ्कङ र बेलायतमा सफल प्रदर्शन भईसकेको चलचित्र पुनः हलमा लाउनलाई बोकेर किन बस्नु भनेर सार्वजनिक गर्ने निर्णय गरेका हौं ।‘

Thatthalo Poster

मूख्य सहायक निर्देशक बिबी लिम्बू, छायाङ्कन बिबी लिम्बू, खगेन्द्र पन्धाक लिम्बू र नबिन चोङ्बाङको रहेको छ । ड्र्न पाईलट मेघराज मंगरातीको रहेकोछ । शब्द/सङ्गीत खगेन्द्र पन्धाक लिम्बू, सम्पादन बिबी लिम्बू, पर्शराम थलङ लिम्बू र खगेन्द्र पन्धाक लिम्बूको रहेकोछ भने पोष्टर डिजाईन पर्शुराम थलङ लिम्बूले गरेका छन् ।

खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्देशन रहेको थात्थलोमा सहरीकरणले प्रभावित संसारमा आफ्नो थात्थलो र पर्यावरणलाई कसरी सुरक्षित राखी सुखी, सम्पन्न र सुरक्षित जीवन यापन गर्ने भन्ने बारे सन्देश छ । ‘थात्थलो’ को कथावस्तुमा बाँचियो भने अहिलेको जस्तो कोरोनाले हतेस पार्न सक्दैन्थ्यो ।‘ अभिनेता किशोर कुमार लिम्बू थप्छन् ।

रेन्बोरेज म्यूजिक प्रा. लि.को ब्यानरमा निर्मित यस चलचित्रमा सबै कलाकाहरूले डेब्यू हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया