काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

 प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यस अघि उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गर्न आह्वान गरेकी थिइन्। तर प्रदेश प्रमुखले दिएको समयभित्र कसैले पनि ३१ सांसदको हस्ताक्षर बुझाउन सकेनन्। 

कांग्रेस, माओवादी, जसपा र राजमो एकजुट भएर नयाँ सरकार गठन गर्न कसरत गरेका थिए। तर, राजमोका सांसद खिमविक्रम शाही र कृष्ण थापाले कांग्रेसहित गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेनन्। यी दुई सांसदले सहयोग नगरेपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन सकेनन्।

तपाईको प्रतिक्रिया