काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव समूहका नेता रघुजी पन्तको गलत टिप्पणीको राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिवाद गरेकी छिन । उनले सामाजिक सञ्जाल मार्फत पन्तको निन्दा गरेकी छन् ।
उनले भनेकी छिन – हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न : तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?
पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?