काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । संसदमा विश्वासको मत गुमाएपछि पदमुक्त भएका ओली तीन दिनपछि पुनः नियुक्त भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तीन दिनको समय दिएकी थिइन्।