काठमाडाैं – काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।
सोमबार काठमाडौं आइपुगेको क्लवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजा सहित भव्य स्वागत गरेको हो। माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३-० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो।
खेलाडीहरुलाई स्वागत गरेपछि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिवल खेलको बिकासका लागि क्लव प्रतियोगीता निकै महत्वपूर्ण हुने बताए।