काठमाडौं – नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा कृष्ण ‘सबुज’ बानियाँ विजयी भएका छन् ।

उनले १९५७ मत ल्याएर जितेका हुन् । उनका प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत ल्याए । यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् भने सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका छन् । 

बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।

तपाईको प्रतिक्रिया