सुजन तामाङ्ग लोपेन,

रसुवा जिल्लाको आमाछोदिङ्गमो गाउँ पालिका वडा ४ गोल्जुङमा जन्म भएको मन बहादुर तामाङ नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष तथा २०७४ मा राष्ट्रिय संगित कर्मी संघ रसुवाको बरिष्ठ सहल्लाकार हुँदै २०७७ मा राष्ट्रिय संगित कर्मी संघ बागमती प्रदेशको महा–सचिव रहनु भएको छ ।

संगित यात्रामा आफ्नो भविष्यलाई खोज्दै हालै विश्वभर फैलिरहेको कोरोना भाईरस् (कोभिड–१९) सम्वन्धि आमाको माया र कोरोना संक्रमितको कथामा आधारित अन्तिम सन्देश बोलको गीत सार्वजनिक गर्नु भएको छ । उक्त गीतमा भोइस अफ नेपाल सजिन ३ की गायिका लक्ष्मि स्याङ्तान साथै मन बहादुर तामाङले लय तथा स्वर दिएसगै अभिनय पनि गर्नु भएकोछ । गीतमा नायिका एलिना रायमाझि तथा भुन्टि टेलिसिरियलको कलाकार कृष्ण खड्काको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया