काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहिबार (पुस १७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२८ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । र युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।