नवलपुर – प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरुआत गरेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट –११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो । नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा दुई आकस्मिक श्यया थप गर्दै १५ श्ययाबाट बिरामीलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । अस्पतालले सेवा विस्तार गरेसँगै दुई चिकित्सक र २२ स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिने छन् । नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट नगर अस्पतालबाट जनस्वास्थ्य सेवाअन्तर्गत बालरोग, पोषण, महामारी नियन्त्रण व्यवस्थापन, खोपका कार्यक्रम, गाउँघर क्लिनिकलगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

दुर्घटनाका घाइते बढी लाभान्वित हुने छन् । “पूर्वपश्चिम राजमार्गको यस क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले यहाँ प्राथमिक उपचार दिएर थप उपचारका लागि भरतपुर पठाउन सक्ने अवस्थामा पुगेका छौँ । यसले दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि थप मद्दत पुग्छ ।”

नगर अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ । यस क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेकाले नगर अस्पतालबाट धेरैलाई लाभ पुग्ने उहाँको भनाइ छ ।

महिलालाई सीपमूलक तालिम

महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको देवचुली नगरपालिकामा सिलाइकटाइ तालिम प्रदान गरिएको छ । देवचुली–५ को आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो ।

देवचुली–५ का वडाध्यक्ष शिवलाल सापकोटाले महिलाको आयआर्जन वृद्धि गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । पँैतालीस दिन सञ्चालन गरिएको तालिमका सहभागी महिलालाई विभिन्न १६ प्रकारका सिलाइकटाइका सीप सिकाइएको छ ।

वडाध्यक्ष सापकोटाले तालिममा सहभागी महिलालाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार हुन आग्रह गर्नुभयो । तालिम समापनका अवसरमा प्रबन्धक विवेक अधिकारीले तालिममा सहभागी महिलाले अनुशासित हुँदै ज्ञान आर्जनका लागि मेहनत गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया