काठमाडौं – काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठडमाडौं महानगरपालिकाका ३२ वटा वडाबाटै खोप लगाइनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कीर्तिपुर नगरपालिकामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप लगाइनेछ । यस्तै तार्केश्वर नगरपालिकाको ११ ठाउँ, नागार्जुन नगरपालिकाको १० ठाउँ, दक्षिणकाली नगरपालिकाको नौ ठाउँ, बूढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको नौ ठाउँ, शङ्करापुर नगरपालिकाको नौ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको नौ ठाउँमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।