काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।
अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका एमाले सांसदको हस्ताक्षर फिर्ता लिने, विगतमा नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिने, एमालेलाई वैचारिक, सांगठनिक र भावनात्मकरुपले अनुशासित बनाउन अलग समूहमा रहेका नेताहरुले सहयोग गर्ने विश्वास लिनुभएको छ ।
यसबीचमा भएका गल्ती एवं कमी कम्जोरीलाई लिएर कसैलाई पनि कारबाही नगर्ने तथा कसैप्रति भेदभाव र पूर्वाग्रह नराखिने समेत बताएका छन् ।