काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियु सर्लाही जिल्ला कमिटीले मौरी पालन अभियान शुरु गर्ने भएको छ । जिल्ला कमटीको बैठकले युवा विद्यार्थीहरुलाई उत्पादन सँग जोड्न मौरिपालनको अबधारण ल्याएको  मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटीले बताइन् ।

सो अबधारण अन्तरर्गत बैठकले युवा विद्यार्थीहरुका लागि मौरिपालन सम्बन्धि तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ । तालिमको संयोजन मौरीपालक किसान समेत रहेका अनेरास्ववियु हरिवन नगर कमिटीका अध्यक्ष सुशील मैनालीले गर्ने निर्णय भएको छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज उज्वल कार्कीको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा अनेरास्ववियु सर्लाहीका सचिव आशिषबाबु दाहाल, मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटी, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सरोजबाबु न्यौपाने, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण उप्रेती, अनेरास्ववियुका केन्द्रीय सदस्य शिवहरि गौतम र समिमबाबु पठानको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया