काठमाडौं, १३ कात्तिकआन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरणको विषय टुंग्याइने बताएका छन्। झापाको गौरादहमा बुधबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशको नामकरण गर्ने विषयमा केही ढिलो भएको स्विकार गर्दै तिहार विदामा आफ्नो घर पुगेका मन्त्री कार्कीले प्रदेशको नामाकरण गर्ने बारेमा बिभिन्न नाम अहिले छलफलमा रहेको भन्दै मन्त्री केही नामहरु बहसमा आए पनि सबैको भावना समेटेर नाम तोकिने बताएका छन्। यस वर्षको हिउँदे अधिवेशनबाट नै प्रदेश १ को नाम पारित गरिने कार्कीले भनाई छ ।

फाईल तस्विर

कानुन निर्माण, विकास खर्चको आधारमा प्रदेश एक देशकै अब्बल प्रदेश बन्दै गएको समेत उनको दाबी छ। प्रदेश सरकारले सरकार सञ्चालन गर्न आवश्यक विभिन्न ४२ कानुन निर्माण गरिसकेको र वजेट कार्यान्वयनमा देखिएको प्रभावकारीताले पनि प्रदेश सरकार अब्‍बल बन्दै गएको उनले बताए। प्रदेशमा यसवर्ष रु ४२ अर्बको बजेट भएको भन्दै उनले त्यस बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाए। देशमा ३ खालका कानुन विद्यमान रहिरहेकाले पनि सोचे जतिका काम हुन नसकेको जनाउँदै मन्त्री कार्कीले भने, प्रदेश सरकार यसवारे गंभीर भएर कसैसंग नवाझिने गरि विभिन्न ४२ वटा कानुन निर्माण गर्न सफल छ। स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा उपलव्ध गराउने कानून निर्माणका बिषयमा प्रदेश १ सरकारले परिपक्वता देखाएकै कारण अन्य प्रदेशको ऐन खारेज हुँदा पनि प्रदेश १ मा यथावत रहेको उनले बताए।

तपाईको प्रतिक्रिया