गण्डकी – विभिन्न पेशा व्यवसायीले आप्mनो लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् ।

पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका चेपाङबस्तीमा पुगेर न्यानो बिछ्यउना वितरण गरेर सबैका लागि अनुकरणीय बनेको हो । सो स्थानका ४० घरलाई डसना, फाइवर सिरक, खोल, झुल, तन्ना, सिरानीसहितको रु एक लाख ५० हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको पोखरा एशोसिएसन कास्कीका अध्यक्ष शेषकान्त ढकालले जानकारी दिनुभयो ।

चिसो मौसमसँगै चलेको शीतलहरले मारमा परेका चेपाङ परिवारलाई केही हदसम्म भए पनि राहत उपलब्ध गराउने उद्देश्यले संस्थामा आबद्ध २९ व्यवसायीले व्यक्तिगतरूपमा सङ्कलन गरेको रकमबाट सामान खरिद गरी वितरण गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा नवलपरासी वर्दघाट सुस्तापूर्वका प्रशासकीय अधिकृत आनन्दप्रसाद भुसालले राहत सामग्री वितरण गर्दै परम्परागतरूपदेखि नै जल तथा जङ्गलमा आश्रित विपन्न तथा असहाय परिवारलाई न्यानो बिछ्याउना वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व पूरा गरेको बताउनुभयो । कावासोती नगरपालिका–१३ का वडाध्यक्ष विनोद रानामगरले संस्थाले प्रदान गरेको राहत वितरणले विपन्न बस्तीका बासिन्दाको जीवनरक्षाका लागि महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार रामचन्द्र थापा, कार्यक्रम संयोजक अर्जुनबहादुर थापा, महासचिव कृष्णप्रसाद कोइरालालगायतले राहत वितरण गर्दै मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया