गोरखा – आरुघाट गाउँपालिकामा पालिका स्तरिय स्वतन्त्र युवाहरुको संघर्ष समिति गठन भएको छ ।

युवाहरुको हक-हित र अधिकारका लागी भीम सुनारको संयोजकत्वमा एक सय सदस्यीय समिति गठन गरिनुका साथै उक्त भेलाले २५ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

सरकारले उपलब्ध गराउने भनेको विना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, कृषि उपज भण्डारणको लागी चिस्यान केन्द्र स्थापना गर्नुपर्ने, उत्पादित कृषि उपजको उचित मूल्य निर्धारण गरिनुपर्ने, कोरोना संक्रमित क्षेत्रमा एक घर एक पिसिआर परिक्षण गरी उचित व्यवस्थापन गर्नुपर्ने लगायतमा माग समितिले राखेको छ ।

त्यस्तै बिकास निर्माण कार्यमा स्थानीय श्रमिक तथा मजदुरलाई प्राथमिकता दिनुपर्ने, युवा सशसत्तिकरणका लागी बिशेष कार्यक्रमहरु ल्याउनुपर्ने माग समितिको छ ।

गुठी को जग्गा लाई रैकर बनाउन सम्बन्धित निकायसँग पहल गर्नुपर्ने सचिवालय सदस्य टिकाराम आले मगर ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया