दार्चुला -भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्ट ६ दिनपछि नेपाल फर्किएका छन् ।

भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्‍यापिड टेस्टको नतिजापछि टुंगिने प्रजिअ पौडेलले बताए ।

‘जिल्ला अस्पतालमा भट्टको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरेका छौँ । रिपोर्ट नेगेटिभ आएमा आएमा उहाँलाई आजै घर पठाइने छ,’ प्रजिअ पौडेलले भने ।

रिपोर्ट पोजेटिभ आएमा भने अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया