काठमाडौं – आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरिएको छ।

शाह वंशीय राजा पृथ्वीनारायण शाहले विशाल नेपाल निर्माण गरेको भन्दै उनको जन्मदिन अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज सांस्कृतिक संस्थानमा सांगीतिक कार्यक्रम गरी मनाएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा सांस्कृतिक संस्थानको सह–कार्यमा नेपालीहरुबीच कायम भावनात्मक एकतालाई अझ मजबुत बनाउने उद्धेश्यले नेपालका विभिन्न राष्ट्रभाषरुका गीतहरुको प्रस्तुति ‘ हम्रो निधि, हाम्रो संस्कृति’ नामक सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उद्ययन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सो सपन्न कार्यक्रममा प्रत्यक्ष वाद्यवादनका साथमा लिम्ब, भोजपुरी, तामाङ, शेर्पा, गुरुङ, मगर र नेपाली भाषाका आदि गीतहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया